लिगलिगे दौडको उपाधि सेनाका रिमाललाई
Published Date :- October 19, 2015  On  |

गोरखा , २ कात्तिक । गोरखामा सम्पन्न लिगलिगे दौडको यस वर्षकोे उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन ।  मस्र्याङ्गर्दी र चेपे नदीको घाटबाट गोरखाको आंपपिपल गाविसको लिगलिगकोटसम्म १३ किलोमिटर दुरीको दौड प्रतियोगितामा ५९ मिनेट २२ सेकेण्डमा दुरी पूरा गरेर नेपाली सेनाको रिमालले उपाधि जितेको हो । 
Add caption
उपाधि जिते संगै धादिङ फूलखर्क गाविस वडा नं ३ घर भएका रिमालले नगद ५० हजार रुपियां सहित श्रीपेच र प्रमाण पत्र हात पारेका छन । बाइसी चौबिसे राज्यका समयमा गोरखाको लिगलिगकोटमा दौडेर राजा हुने परम्पराको स्मरण स्वरुप लिगलिगकोट  बिकास अभियानले आयोजना गरेको लिगलिगे दौडको यो छैठौं संस्करण हो । यसैगरी नेपाली सेनाकै बेदबहादुर सुनुवारले ५९ मिनेट ३९ सेकेन्डमा दौड पूरा गर्दै द्धितीय स्थान हासिल गरेको नगद  २५ हजार रुपियां र एक घण्टामा दौड पूरा गर्दै सेनाकै होमलाल श्रेष्ठले तृतीय स्थान हासिल गर्दै नगद १५ हजार रुपैंया पुरस्कार हात पारेका छन । यसैगरी शसस्त्र प्रहरीका लक्ष्मण मल्लले एक घण्टा एक सेकेन्डमा दौड पूरा गर्दै नगद  १० हजार एक सय ५ रुपैंया पुरस्कार हासिल गरेका छन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....