वारपाकमा सरकारले भूकम्प स्मारक बनाउने प्रधानमन्त्रीको घोषणा
Published Date :- December 17, 2015  On  |

गोरखा ,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाकमा सरकारले भूकम्प स्मारक निर्माण गर्ने घोषणा गर्नुभएको छ । 
भूकम्प प्रभावित जिल्ला गोरखाको भ्रमणका क्रममा बारपाक पुग्नुभएका प्रधानमन्त्री ओलीले बारपाकमा निर्माण गरिने स्मारकले भूकम्पको स्मरण गराउने र त्यसबाट बच्नका लागि पनि प्रेरणा प्रदान गर्ने बताउनुभयो ।भूकम्पको केन्द्रविन्दु बारपाकका स्थानीयको माग पत्र बुझे पछि सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले पुर्ननिर्माण सम्वन्धी विधेयक पारित भइसकेको अव प्राधिकरण गठन गरेर काम शुरु गर्न अनुकुलता भपिएको पनि बताउनुभयो । 
नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री ओलीले बारपाकमा सम्वोधन पछि उत्तरी गोरखाको चिनको सीमान संग जोडिएका गाविस छेकम्पार ,केरौंजा गाविस पनि पुगेर भूकम्प पीडितहरुको अवस्था बारे जानकारी लिनुभएको छ । गोरखा सदरमुकाम स्थित सेनाको भैरबीदल गणमा राजनितिक दल ,कार्यालय प्रमुख ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु संग छलफल समेत गर्नुभएको थियो । 
 गोरखाको बारपाकमा प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण सुन्न आएका स्थानीयहरु
तस्वीर : गोरखाखबर

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....