पहिरोमा पुरिदा गोरखा केरौंजामा तीनको मृत्यु तीन घाइते
Published Date :- July 5, 2016  On  |

गोरखा, २१ असार । गोरखाको केरौंजामा बाटो बनाउने क्रममा पहिरोमा पुरिएर मंगलवार ३ जनाको मृत्यु भएको छ । 
गोरखा सदमुकाम देखि पैदल २ दिनमा पुगिने दुर्गम केरौंजा गाविस वडा नं ३ फलिम्पुमा मंगलवार बिहान बाटो बनाउंदै गर्दा माथिबाट आएको पहिरोमा पुरिएर केरौंजा ३ का वर्ष १५ सन्दिप घले , ३० की चिनमाया गुरुङ्ग र ४० की कान्छीमाया तामाङ्ग मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै पहिरोमा पुरिएर केरौंजा ४ का वर्ष ४० का टुङ्गे गुरुङ्ग ,वर्ष ४० कै उकाल गुरुङ्ग र केरौंजा ३ का वर्ष १३ सुकराम घले घाइते भएका छन । पहिरो पुरिएकाहरुको स्थानीयवासिन्दा र प्रहरीले उद्धार गरेको थियो । माछाखोला स्वास्थ्यचौकीमा उपचार पछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभयो ।
 गुम्दा माछाखोलाबाट केरौंजा जाने बाटो बनाउने क्रममा माथीबाट पहिरो आउंदा घटना भएको केरौंजा स्थानीयवासिन्दा सुकबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....