गोरखा नगरपालिका साक्षर घोषणा
Published Date :- July 12, 2016  On  |

गोरखा ,२८ असार । गोरखा नगरपालिका मंगलवार साक्षर नगरपालिका घोषणा भएको छ । गोरखा नगरपालिकाको आयोजना र गोरखा सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापनमा साक्षर घोषणा गरेको हो । 
औपचारिक कार्यक्रम बीच अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर दुङ्गेलले गोरखा नगरपालिका साक्षर घोषणा गर्नुभयो । कूल ९५ प्रतिशत साक्षर भएको खण्डमा घोषणा गर्नु पाउने प्रावधान रहेता पनि घोषणा गर्ने अवधि सम्म ९९ .०४ प्रतिशत साक्षर रहेकोले गोरखा नगरपालिकाले जनाएको छ । साक्षर घोषणा अभियानमा व्यवस्थापन गरिरहेको गोरखा सामुदायिक अध्ययन केन्द्र पश्चिमाञ्चलमा सर्वाेकृष्ट भएको छ । गोरखा नगरपालिका साक्षर घोषणाको अवसरमा गोरखा सामुदायिक अध्ययन केन्द्रलाई नगद एकलाख रुपियांको पुरस्कारले सम्मान समेत गरेको छ । 

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....