प्रधानमन्त्री ओलीले राजीनामा नदिने, संसदको सामना गर्ने तयारी
Published Date :- July 12, 2016  On  |

काठमाडौं ,२८ असार। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’माओवादीले मंगलबार विहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....