माओवादी सरकारबाट बाहिरिएको सभामुखलाई जानकारी
Published Date :- July 12, 2016  On  |

काठमाडौँ, २८ असार -.नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ । मंगलबार माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सरकारबाट बाहिरिएको सम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो । रासस

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....