सार्वजनिक सुनुवाई सम्पन्न
Published Date :- July 10, 2016  On  |

गोरखा ,२६ असार । जिल्ला विकास समिति गोरखाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
 जिल्लामा सम्पन्न विकास निर्माण योजना तथा सरकारी कार्यालयहरुको सेवा प्रवाह बारे सहभागीहरुको जिज्ञासा तथा गुनासा माथी गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट ,नारायण आचार्य सहित विषयगत कार्यालय प्रमुखहरुले जवाफ दिनुभएको थियो । पत्रकार किशोरजंग थापाले सहजीकरण गर्नुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले विकास निर्माण ,सेवा प्रवाह ,विद्युत ,भूकम्प पछिको पुर्ननिर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....