विषालु च्याऊ खादा काशीगाउँमा दुइको मृत्यु
Published Date :- July 9, 2016  On  |


गोरखा,२५ असार । विषालु च्याउं खादा गोरखाको काशीगाउँ गाविसमा दुईजनाको मृत्यु भएको छ । काशीगाउँ गाविस वडा नं ८ पनौचेमा गोठमा बस्दै आएकी ६५ वर्षीया फूलमाया गुरुङ्गले जंगलबाट ल्याएको च्याउंका खादा फूलमाया र उनकी छोरी पट्टीका नातिनी वडा नं ७ बस्ने ११ वर्षीया रबिना गुरुङ्ग मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 
त्यस्तै विषालु च्याऊ खाएर बिरामी परेकी अर्का नातिनी तिर्सना गुरुङ्ग भने स्वास्थ्यचौकीमा उपचार पछि घर फर्केकी छिन । उनीहरुले बुधवार च्याऊ खाएर अचेत भएकोमा शुक्रवार अपरान्हमा मात्र गाउंले थाहा पछि उपचारका क्रममा उनीहरुको मृत्यु भएको काशीगाउँ स्वास्थ्यचौकीले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....