गोरखाका हेभि इक्यूपमेन्टका अप्रेटरहरुको भेला सम्पन्न
गोरखा,१ साउन । जिल्लाका हेभि इक्यूपमेन्टका अप्रेटरहरुको प्रथम गोरखा जिल्ला भेला सम्पन्न भएको छ ।
हेभि इक्यूपमेन्ट संघका जिल्ला अध्यक्ष डिल्लीराम खड्को अध्यक्षतामा भएको नेपाल हेभि इक्यूपमेन्ट अपरेटर संघको प्रथम जिल्ला भेलामा कार्यक्रममा हेभि इक्युपमेन्ट ब्यवसायी संघका केन्द्रिय सदस्य फणिन्द्र भट्ट, केन्द्रिय अध्यक्ष लोकमान खत्री, एल पी खत्री, पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ , जेसिबी कम्पनीका लबिसराज बर्ताैला लगायतले बोल्नुभएको थियो । जेसिबीको आर्थिक सहयोगमा आयोजित भेलाका सहभागी लाई जेसिबीका प्रमोद सत्यालले प्राविधिक विषयमा सहजिकरण गर्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments