प्रधानमन्त्रीद्वारा राजीनामा नयां सरकार गठन नभए सम्म कार्यासञ्चालन आदेश
Published Date :- July 24, 2016  On  |

काठमाडौ,  ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजैका मितिदेखि लागू हुने गरी लिखित राजीनामा दिनुभएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाउनुभएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड ९क० बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रपतिले बर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गर्नुभएको राससले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....