परिवार दलको अध्यक्षमा पुन: ढकाल सर्वसम्मत
Published Date :- July 6, 2016  On  |

काठमाण्डौं, २२ असार । नेपाल परिवार दलको दोस्रो महाधिवेशनबाट एकनाथ ढकाल पुनः सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
 त्यस्तै महाधिवेशनले दलको महामन्त्रीमा विनोद डाँगी ,खुल्ला तर्फ केन्द्रीय सदस्यमा मेदनी प्रसाई, राधेबेन्द्र कुमार श्रीबास्तव, गोबिन्द नाथ मिश्र ,देवी प्रसाद निरौला, लक्ष्मी प्रसाद भण्डारी, झंकर बहादुर बिष्ट, मनोज कुमार सुर्खेति चयन भएका हुनुभएका छ । यसैगरी महाधिवेशनले प्रदेश नं १ बाट तीर्थ राज घिमिरे ,मिलन कुमारी राजंबशी प्रदेश नं २ बाट सन्तोष कुमार पौडेल, रिता महत्तो प्रदेश नं ३ बाट गणेश कुमार श्रेष्ठ , गोमादेवी दहाल प्रदेश नं ४ बाट.प्रकाशबाबु थापा प्रदेश नं ५ बाट अशोक कुमार चौधरी , जानकी घिमिरे अर्याल प्रदेश नं ६ बाट रुपसिँह भण्डारी, कमला कुमारी के.सी प्रदेश नं ७ बाट साबीत्री देवी बम , नबिन राज जैसी बजगाई दलितबाट मोहन लाल चदरा पिछडाबर्गबाट सन्तोष दास मुस्लीमबाटअब्दुल क्युम शाह मधेशीबाट मनोज लाल कर्ण आदिबासी जनजातिबाट शेर बहादुर योन्जन लाई चयन गरेको छ ।कूल ५१ सदस्यीय कार्यसमिति मध्ये बाँकी २३ सदस्य अध्यक्षले मनोनयन गरे पछि समितिले पूर्णता पाउने परिवार दलले जनाएको छ । 

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....