हेलिकप्टर दुर्घटनामा एकै परिवारका ४ सहित ७ को मृत्यु
गोरखा ,२४ साउन । गोरखाको सिर्दीवास बाट काठमाण्डौका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा सोमवार दुर्घटना हुदा चालक सहित ७ जनाको मृत्यु भएको छ ।
फाइल तस्वीर
सुत्केरी भएको ५ दिनको बच्चा बिरामी भए पछि बच्चा सिर्दीवास गाविस वडा नं २ स्थित फिलिमबाट काठमाण्डौं लैजान उडेको हेलिकप्टर दिउँसो नुवाकोट जिल्लाको मदानपुर गाविस वडा नं ९ स्थित बेतिनीमा दुर्घटना हुदा चालक क्याप्टेन रन्जन लिम्बु सहित ७ जनाको मृत्यु भएको हो ।
दुर्घटना मृत्यु भएका हेलिकप्टर चालक क्याप्टेन रन्जन लिम्बु फाइल तस्वीर उनकै फेसबुकबाट
फिस्टेल एयरको 9NAKA उक्त हेलिकप्टर दुर्घटना सिर्दीवास गाविस वडा नं २ का सुत्केरी १९ वर्षीया प्रिती गुरुङ्ग ,उनका ५ दिनको छोरा ,ससुरा ६० वर्षीय कितमान गुरुङ्ग ,सासु ५६ वर्षीया अज्ञानी गुरुङ्ग , उनीहरुकै नातेदार लक्ष्मी गुरुङ्ग र फेज नेपाल नामक गैरसरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मी इटहरी घर भएकी २२ वर्षीय निशा तामाङको मृत्यु भएको हो । गोरखा सदरमुकाम देखि ३० कोस टाढा पर्ने सिर्दीवास ३ दिनको पैदलयात्रा पछि मात्र पुगिन्छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments