पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ३ को मृत्यु
चितवन, ९ असोज ।पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए ।घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ ।खिलराज रेग्मीका पालामा घिमिरे गृहमन्त्री थिए ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments