सुचना लुकाउने भ्रष्ट : प्रमुख आयुक्त बास्कोटा
Published Date :- October 21, 2016  On  |

गोरखा,५ कात्तिक । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा भ्रष्टहरुले मात्र सुचना लुकाउने दाबी गर्नुभएको छ । 
गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त बास्कोटाले सुरक्षा लगायत केही अपवाद बाहेक अवको समाजमा कुनै पनि कुरा गोप्य नहुने तर्क गर्दै सुचना हक कार्यान्वयन सबै कर्मचारीको कर्तव्य भएको बताउँनुभयो । लिखित रुपमा नागरिकले सुचना माग्ने संस्कार विकास नभएकोले पनि अझै सम्म सामान्य सुचनाबाट समेत आम नागरिक वञ्चित हुने अवस्थाको सृजना भएको पनि वहाँको भनाई छ । आवश्यक सुचना सार्वजनिक गर्दा सुचना चुहावट भयो भनेर कुनै पनि कर्मचारी लाई कारवाही नहुने समेत प्रमुख आयुक्त बास्कोटाले ठोकुवा गर्नुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....