लोकमान असनका सांढे, अव लोकमान होइन लोकपाल–डा.भट्टराई
Published Date :- October 22, 2016  On  |

गोरखा,६कात्तिक । नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराइले असनका सांढे झै लोकमानसिंह कार्की विरुद्ध महाअभियोग स्वभाविक भएको बताउंनुभएको छ ।

पार्टी कामको शिलशिलामा गृह जिल्ला गोरखा आउनुभएका डा.भट्टराईले शनिवार छेवेटारमा आयोजित पत्रकार भेटघाटमा अदालत र संसदीय सुनुवाई समिति लाई नटेर्ने लोकमानसिंह कार्की विरुद्ध सार्वभौम संसदले छानविन गरेर आवश्यक कारवाही गर्नुपर्ने बताउंनुभयो । अख्तियार जस्ता संस्थामा आयुक्त नियुक्त गर्दा दलगत भागवण्डामा नभई संसदले नै लोकपालका रुपमा नियुक्त गर्नुपर्ने समेत पूर्व प्रधानमन्त्री एवं नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईको भनाई छ । 

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....