कविता वाचन गर्दागर्दै कवि आचार्यको निधन
Published Date :- October 22, 2016  On  |

काठमाडौं, ६ कार्तिक । कविता बाचन गर्दागर्दै कवि नेत्रमणि आचार्यको दुःखद निधन भएको छ । प्रर्दशनिमार्ग स्थित रहेको आर आर क्याम्पसमा साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्ने र्सिजना वाचन कार्यक्रममा कवि नेत्रमणिले आचार्यले शार्दुलविक्रिडित छन्दमा अतितको सम्झना शिर्षकको कविता वाचन गरेर सिटमा बस्ने बित्तिकै बेहोस भएका थिए ।
बेहोस हुनेवित्तिकै नजिकै रहेको काठमाडौं मोडल अस्पताल भर्ना गरिएका कवि आचार्यलाई लाख कोसिस गर्दापनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

गोरखा स्थायि घर भएका ८७ बर्षिय कवि आचार्य रेडियो  गोरखामा धार्मिक कार्यक्रमका प्रस्तोताको रुपमा काम गरिरहेको परिवारीक  स्रोतले जानकारी दिएको छ । आचार्यका वुद्योत, मञ्जरी लगाएत करिव एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।साहित्य सन्ध्याको कार्यक्रम कर्णाद महर्षि, बिनोद मन्जन, बलाराम तिमलसिना, भावना न्यौपाने, अमृता स्मृति, नारायण भण्डारी, डम्बर पहाडि लगाएत कविहरूको उपस्थिति थियो । आचार्यका तीन छोरा र तीन छोरी रहेका छन् ।reportersnepal

14793965_1233614699995140_1102586328_n

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....