छिट्टै गतिरोधको अन्त्य हुने प्रधानमन्त्रीको विश्वास
काठमाण्डौं ,१४ माघ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको माध्यमबाट छिट्टै गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार आयोजित चियापान कार्यक्रममा नेपाल काँग्रेसका सभापति एवं प्रधानमन्त्री कोइरालाले आन्दोलनबाट विकासको सम्भावना गुम्ने भएकोले आफ्नो अडान छाडेर वार्ता र संवादमा आउन विपक्षीदल लाई आग्रह गर्नुभयो । मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन लागिपरेको बताउँनुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments