गोर्खाली कप २०७१ को तयारी पूरा
Published Date :- January 28, 2015  On  |

गोरखा ,१४ माघ ।गोरखा हरमटारी खेलमैदानमा भोली देखी आयोजना हुने गोर्खाली कप फुटबल प्रतियोगिता २०७१ को सम्पूर्ण तयारी पूरा भएको छ । अहिले सम्मकै सबैभन्दा धेरै एकलाख नगद पुरस्कार राशीको गोर्खाली कप हरमटारी क्लबले दोस्रो पटक आयोजना गर्न लागेको हो । 
प्रतियोगितामा नकीपोट युथ क्लब ,स्वयम्भु क्लब ,डुकु पन्चकन्या लगायत फुटबल केही चर्चित टिम र गोरखा जिल्लाका विभिन्न क्लबका टिम सहित २० टिमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष मन बहादुर तामाङले जानकारी दिनुभयो । उद्घाटन खेल गोर्खाज युनाइटेड क्लब पाटेचौर र सोसीएल वेलफेवर क्लब काठमाण्डौं बीच हुदैछ । प्रतियोगता माघ २२ सम्म सञ्चालन हुनेछ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....