गोर्खाली कप गोरखाको शान हो : अध्यक्ष तामाङ
Published Date :- January 28, 2015  On  |

अहिले सम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको गोर्खाली कप फुटबल प्रतियोगिता २०७१ बिहीवार देखि गोरखाको खेलमैदानमा सञ्चालन हुदैछ ।
स्थानीय हरमटारी क्लबले दोस्रोपटक आयोजना गर्न लागेको गोर्खाली कप फुटबल प्रतियोगिता बारे आयोजक क्लबका अध्यक्ष मन बहादुर तामाङ संग गोरखा खबरले गरेको कुराकानी
१.दोस्रो गोर्खाली कप २०७१ को तयारी कस्तो छ ?
  • खेलमैदानको व्यवस्थापन ,आर्थिक संकलन , अफिसियल छनौट ,टिम दर्ता ,खेल तालिका प्रकाशन काम भइसकेको छ । अतिथिहरु लाई पत्राचार ,उद्घाटन कार्यक्रमका लागि मञ्च लगायतका सबै काम सम्पन्न भएको छ ।
२.दोस्रो गोर्खाली कप २०७१ को आर्कषणहरु के के हुन् ?
  • पहिलो त यो प्रतियोगिता पुरस्कार राशी नगद १ लाख रुपियाँ छ । त्यति मात्र होइन प्रतियोगताको उपाधि शिल्ड अर्डर बमोजिम गोरखाको पहिचान झल्कने एकलाख मूल्यकै बनाइएको छ । प्रतियोगिताको उद्घाटन गोर्खाली कप २०७१ को व्यानरलाई ३०० वटा बेलुनमा उडाएर गरिदैछ ।
३.प्रतियोगितामा कति र कुन कुन टिम सहभागी हुदैछन ?
  • प्रतियोगितामा नक्खीपोट युथ क्लब ललितपुर ,स्वयम्भु क्लब,डुकु पन्चकन्या काल ,सोसिएल वेलफेयर स्पोर्टस एकेडेमी काठमाण्डौं ,एभरेष्ट क्लब चितवन र गोरखाका विभिन्न क्लब गरी २० टिम सहभागी हुदैछ ।
४.प्रतियोगिता सञ्चालनको आर्थिक स्रोत कसरी जुटाउनुभयो ?
  • हामीले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोगको आग्रहको क्रममा गोरखाको बारपाक घर भइ हाल बेलायतमा रहनुभएका नरेश घलले नगद १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । यसरी नै देश ,विदेशमा रहनुभएका महानुभावहरु आर्थिक सहयोग संकलन गरिएको हो । त्यस्तै गोर्खाली कप जिल्लाको खेलकुद उत्सव भएकोले पनि जिल्ला विकास समिति र गोरखा नगरपालिका सहित विभिन्न संघसंस्था संग पनि अनुरोध गरिएको छ ।
५.प्रतियोगिता कसरी सञ्चालन हुदैछ ?
  •  दर्ता भएको २० टिमको खेल तालिका सार्वजनिक गरिसकेका छौं । हामीले अखिल नेपाल फुटबल संघ (एन्फा) संग पनि समन्वय गरेका छौं । रेफ्री लगायत सबै अफिसियल एन्फाबाट मान्यता प्राप्त व्यक्तिहरुले प्रतियोगिता सञ्चालन गर्ने छन । खेलाडी ,दर्शकको सुविधालाई मध्यनजर गर्दै खेल अवधिभर ५० जना स्वयम् सेवक परिचालन गरिनुका साथै स्वास्थ्य उपचारका लागि स्वास्थ्य टोलीको पनि व्यवस्था गरिएको छ । पहिलो खेल गोरखाको द गुर्खाज युनाइटेड र सोसिएल वेलफेयर स्पोर्टस एकेडेमी काठमाण्डौं बीच हुदैछ । त्यस्तै माघ २२ गते प्रतियोगिताको फाइनल हुनेछ ।

६.विगतका गोरखामै आयोजना भएको कतिपय प्रतियोगिताहरु पक्षपात भएको भन्दै विवाद हुने गरेको थियो ? विवाद रहित बनाउन कसरी व्यवस्थापन गर्नुभएको छ । 
  • एन्फाबाटै मान्यता प्राप्त अफिसियलहरु बाट नै फिफाको नियम अनुसार प्रतियोगिता सञ्चालन हुने भए पछि खेलको विषयमा खेलाडी बीच विवाद हुने त कुरै भएन । अन्य सुरक्षा व्यवस्थाको लाग स्थानीय प्रशासन मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लाई आग्रह गरेका छौं ।
७.अन्त्यमा ,के भन्न चाहनुृहुन्छ ? 
  •  “गोर्खाली कप गोर्खालीको शान ,समग्र जिल्लाकै खेलकुद विकासको लागि हरमटारी क्लबको अभियान” भन्ने नाराको साथ हामीले दोस्रो पटक प्रतियोगिताको आयोजना गरेका छन । जिल्ला मात्र होइन मूलूक लाई चिनाउने एक शसक्त माध्यम खेलकुद भएकोले सम्पूर्ण महानुभावहरुको हामी साथ र सहयोगको अपेक्षा गर्दछौं ।


,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....