क्यान इन्फोटेक २०१५ शुरु
Published Date :- January 28, 2015  On  |

काठमाण्डौं ,१४ माघ । सुचना प्रविधिको  मेला क्यान इन्फोटेक २०१५ बुधवार देखि काठमाण्डौंमा शुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)को आयोजनामा काठमाण्डौं भृकुटीमण्डपमा शरु भएको मेलfको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहेका छन् । मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहेको मेला अयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान) ले बताएको छ ।


उपप्रधानमन्त्री प्रकाशमान सिंहले
उपप्रधानमन्त्री प्रकाशमान सिंहले

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....