फोटो सहितको मतदाता नामावली संकलन शुरु
गोरखा ,१५ माघ । फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य गोरखामा शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय परिसरमा निरन्तर रुपमा फोटो सहितको नामावली संकलन कार्य नियमित गरेता पनि आगामी चैत सम्मका लागि अभियानकै रुपमा सबै गाविस र नगरपालिकामा पुग्ने गरी टोली परिचालन गरिने गोरखाका जिल्ला निर्वाचन अधिकारी निलकण्ठ शर्माले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार कम्प्युटर र सहायक नाम दर्ता अधिकारी सहित ४ वटा दर्ता टोली परिचालन गरिएको छ । संविधानसभाको निर्वाचन २०७० सम्म गोरखा जिल्लामा १,३८,६५७ जनाको फोटो सहितको मतदाता नामावली रहेकोमा अहिले सम्म त्यो संख्या बढेर १,४५,८९६ जनाको फोटो सहितको नामावली संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments