गोर्खाली कप फुटबल प्रतियोगिता शुरु
गोरखा ,१५ माघ । गोर्खाली कप २०७१ फुटबल प्रतियोगता बिहीबार देखी गोरखाको हरमटारी खेलमैदानमा शुरु भएको छ । जिल्लामै अहिले सम्मकै धेरै पुरस्कार राशीको गोर्खाली कप २०७१ फुटबल प्रतियोगिता हरमटारी क्लबले दोस्रोपटक आयोजना गरेको हो ।
उपाधि विजेता टिमलाई आर्कषक शल्ड सहित १ लाख नगद पुरस्कारको व्यवस्था रहेको प्रतियोगताको एक समारोह बीच गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले गोर्खाली कप लेखिएको व्यानर सहितको बेलुन उडाएर र विशेष अतिथि मिलन गुरुङ्ग(मिलन चक्रे)ले गोर्खाली कपको शिल्ड अनावरण गरेर उद्घाटन गरेका थिए । यसैबीच दि गुर्खाज युनाइटेड र सोसिएल वेलफेर स्पोर्ट सेन्टर काठमाण्डौं बीच भएकोे उद्घाटन खेलमा दि गुर्खाज युनाइटेड ०–१ गोलले बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा मिलनचक्रे नामले परिचित मिलन गुरुङ्गले प्रतियोगितालाई नगद २ लाख १० हजार सहयोग प्रदान गरेका छन । प्रतियोगितामा प्रतियोगितामा नक्खीपोट युथ क्लब ,स्वयम्भु क्लब ,डुकु पन्चकन्या क्लब र जिल्लाका समेत गरी २० टिमको सहभागीता रहेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments