किर्तीमानी खेलाडी दीपक विष्टद्वारा सन्यासको घोषणा
Published Date :- January 31, 2015  On  |

काठमाण्डौं ,१७ माघ । किर्तीमानी खेलाडी तेक्वान्दो खेलाडी दीपक विष्टले सक्रिय खेल जीवनबाट सन्यास लिनुभएको छ ।
 शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गर्नुभएको हो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विष्टलाई भक्स वागन कार उपहार दिइएको थियो । कार्यक्रममा बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले विष्टलाई कार हस्तान्तरण गर्नुभयो ।सन् १९९९ मा काठमाडौंमा, २००४ मा  पाकिस्तानको इस्लामावादमा, २००६ मा श्रीलंकाको कोलम्बोमा र सन् २०१० को बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका विष्टले सन् २००२ को बुसान र सन् २००६ को दोहा एसियाडमा काश्य पदक जितेका थिए । सन् २०१० मा ढाकामा चोट बोकेरै विपक्षीसँग भिडेका दीपकले ८७ केजी तौल समूहको फाइनलमा भुटानी खेलाडीलाई हराउँदै चौथो पटक स्वर्ण जितेका थिए ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....