द्रव्यशाह क्याम्पसको अध्यक्षतामा मास्के
Published Date :- February 1, 2015  On  |

गोरखा ,१८ माघ । क्याम्पसका संस्थापक मध्येका एक धिरज बहादुर मास्केको अध्यक्षतामा लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ८ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको छ । 
क्याम्पसका प्रमुख पदेन सदस्य सचिव रहने सञ्चालक समितिको उपाध्यक्षमा बावुराम अर्याल ,कोषाध्यक्षमा पुरुषोत्तम अर्याल र सदस्यहरुमा मोहनलाल श्रेष्ठ , मोहनप्रकाश पोखरेल , रामहरी केसी ,रोलक बहादुर थापा र शंकर कुँवर चयन हुनुभएको छ । यसबाहेक क्याम्पसको कूल १९ सदस्यीय सञ्चालक समितिमा अन्य सदस्य मनोनित र पदेन हुने  व्यवस्था छ । मास्के स्थापना देखि २०५१ सम्म समितिको सदस्य र २०५२ देखि हाल सम्म द्रव्यशाह क्याम्पस सञ्चालक समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....