यातायत समिति बीच विवादले यात्रुलाई सास्ती
गोरखा ,२७ माघ । पृथ्वीराजमार्ग बस सञ्चालक समिति र यातायत व्यवसायी समिति बीचको विवादका कारण गोरखामा यात्रुहरुले सास्ती भोग्नु परेको छ ।
सहमति विपरित पृथ्वीराजमार्ग बस सञ्चालक समितिले माइक्रो र डिलक्स बस सञ्चालनमा ल्याएको भन्दै गोरखाको विरेन्चोकमा बस छेक्न पुगेका यातायत व्यवसायी समिति गोरखाका सर्मथकलाई प्रहरीले छेक्न नदिए पछि विरोधमा मंगलवार अपरान्ह देखि यातायत व्यवसायी समिति गोरखाले बाटोमै यातायतका साधन रोकेर बन्द गरेका छन ।यातायतका साधन बाटोमै राखेर बाटो छेकेको कारण यातायतका साधन नचल्दा यात्रुहरुले दिनभर नै सास्ती भोग्नुप-यो । यातायत व्यवसायी समिति गोरखाले भने सुनियोजित तरिकाले सहमति विपरित यातायत साधन थपेर पृथ्वीराजमार्ग बस सञ्चालक समितिले समस्या उत्पन्न गरेको दाबी गरेको छ ।
प्रशासन मुकदर्शक बन्यो – यात्रु
यातायतको साधनमा भाडा तिरेर यात्रा गर्दा समेत बिचमै गन्तव्य नपुगी ओर्लनु पर्ने र जुन कुनै बेला बन्द हुदा बीच बाटोमै बस्नु परे पछि यात्रुहरु मर्कामा परेका छन । एकपटक मात्र होइन बारम्वार भइरहदा समेत समस्या समाधान नखोजिए प्रति यात्रुहरुले गुनासा गरेका छन । परेको यस्तोअचानकको बन्दले सास्ती भोग्नुपरेका यात्रुहरु भन्छन् –“नाफा कमाउनका लागि आफू आफू झगडा गर्छन ,अनि यातायत चलाउन पर्ने व्यवसायीले नै बन्द गर्दा प्रशासन समेत मुकदर्शक बनेर बस्ने गर्छ । कानुन कार्यान्वयन गरेर नागरिक लाई शान्ति सुरक्षा दिने प्रशासनको दायित्व हो । ”
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments