विधानसभा चुनावमा भारतको दिल्लीमा आम आदमीको अत्याधिक बहुमत
Published Date :- February 10, 2015  On  |

एजेन्सी(नयाँ दिल्ली),२७ माघ । भारतको दिल्लीमा भएको विधान सभा चुनावक आम आदमी पार्टी अभूपूर्व जीत हात परेको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी पछिल्लो दिल्ली विधानसभाका कुल ७० सिट मध्ये ६५ सिटमा विजय हासिल गरेको छ । भारतमा नरेन्द्र मोदी सरकारको ९ महिना पुगेको बेला उनको सरकारको जनमत संग्रहको रुपमा आँकलन गरिएको निर्वाचनमा भारतीय जनता पार्टी गठवन्धनले मात्र ४ सीटमा विजय हाँसिल गरेको छ । जीत पछि आम आदमी पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । 
दिल्लीको विकासमा आम आदमी पार्टीलाई सक्दो सहयोग गर्न केन्द्र सरकार तयार रहेको मोदीले जनाएका छन् । जीत पछि आम आदमी पार्टीलाई युपीए अध्यक्ष सोनिया गान्धी र काँग्रेस महासचिव राहुल गान्धीले पनि बधाई दिएका छन् । यस अघि लगातार पाँच वर्ष दिल्लीमा शासन गरेको काँग्रेसले यस चुनावमा एक सिट पनि जित्न सकेन । जीत पछि अरविन्द केजरीवाललाई उनका राजनीतिक गुरु अन्ना हजारेले पनि शुभ कामना दिएका छन् । जीत पछि आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्रीका का प्रत्यासी अरविन्द केजरीवालले जीतले आफुलाई डर लागेको बताएका छन् । उनले आफुहरुमा दिल्लीका जनताको सेवा गर्ने अभिभारा आएको बताएका छन् । म एक दम सानो मान्छे हुँ, हामी सबै मिलेर काम गर्नु पर्छ भन्दै केजरीवालले आप्mनो जीत सबै जनताको जीत भएको बताएका छन् । पछिल्लो चुनावमा ३२ सिट जीतेको भारतीय जनता पार्टीलाई यो अप्रत्यासित हार हो । पछिल्लो चुनावमा २८ सिट जितेर सरकार बनाएको आम आदमी आदमी पार्टीले ४९ दिन सरकार चलाएको थियो । आठ सिट जितेको काँग्रेसको समर्थनमा सरकार चलाएको आपले सरकार छोडेको एक वर्षपछि दिल्लीमा मध्यावधी निर्वाचन भएको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....