Sports
»
विवादमा दोस्रो गोर्खाली कप फुटबल
विवादमा दोस्रो गोर्खाली कप फुटबल
गोरखा ,२६ माघ । हरमटारी क्लबले दोस्रोपटक आयोजना गरेको गोर्खाली कप फुटबल प्रतियोगिताको नतिजा लाई लिएर फाइनलमा उपबिजेता बनेको दि गुर्खाज युनाइटेड र आयोजक क्लब बीच विवाद चुलिदै गएको छ ।
उपाधि विजेता क्लब गोरखकाली युथ क्लबले सुचीमा नभएको खेलाडीलाई खेलाएको र त्यस विरुद्ध आयोजक समक्ष उजुरी दिदा पनि आयोजकले सुनुवाई नगरेको व्यहोरा सहित उपविजेता दि गुर्खाज युनाइटेड क्लबले प्रतियोगितामा धाँधली भएको उजुरी जिल्ला प्रशासन कार्यालयमा दिएको छ । यता आयोजक क्लब हरमटारी क्लबले प्रेस विज्ञप्ती जारी गरेर प्रतियोगितामा धाँधली नभएको र फिफाको नियम अनुसार नै प्रतियोगिता सम्पन्न गरेको दाबी गरेको छ । क्लबले दि गुर्खाजले उठाएको विषयमा छानविन गर्दा टिमले दर्ता गराएको सुचीमा रहेको खेलाडी बाहेक अरुले खेलेको नपाइएको हरमटारी क्लबका अध्यक्ष मनबहादुर तामाङद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा उल्लेख छ । दि गुर्खाज युनाइटेड र गोरखकाली युथ क्लब बीच भएको फाइनल खेलमा १–० गोलले गोरखकाली क्लब बिजयी भएको थियो । प्रतियोगिता सम्पन्न भए लगत्तै पुरस्कार बहिष्कार गरेर उपविजेता दि गुर्खाज युनाइटेड प्रतियोगितामा धाँधली भएको दाबी गर्दै आएको छ । गोर्खाली कप जिल्लामा अहिले सम्मकै धेरै पुरस्कार राशीको प्रतियोगिता हो ।
Labels:
Sports
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments