सहयोग गरेको चौबिस वर्ष पछि सम्मान
Published Date :- February 9, 2015  On  |

गोरखा ,२६ माघ । गोरखाका आहाले स्थित सरस्वति उच्च माविले विद्यालयका सहयोगदाता तथा पूर्व शिक्षक हरिहर शर्मा अर्याललाई सम्मान गरेको छ । 
गोरखाबजार घर भइ फ्रान्समा बस्नु हुने गैर आवासीय नेपाली संघका पूर्व सदस्य समेत रहनुहुने अर्याललाई विद्यालयले सोमवार एक समारोह बीच दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको हो । गोरखा सहायक जिल्ला शिक्षा अधिकारी जनार्दन रिजालको प्रमुख आतिथ्यतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशरमण खनालको सभापत्विमा भएको सम्मान कार्यक्रममा एमाले कार्यवाहक अध्यक्ष विश्वेश्वर कट्टेल , नेकपा माओवादीका सहसचिव नारायाण अधिकारी , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । वि.सं २०३० सालमा सो विद्यालयमा शिक्षक हुनुभएका हरिहर शर्मा अर्याल फ्रान्समा बस्न थाल्नुभए पछि फ्रान्सका एक जनप्रतिनिधिबाट विद्यालय भवन निर्माणका लागि ११ लाख रुपियाँ जुटाईदिनु भएको विद्यालयले जनाएको छ । वि.सं२०४७ सालमा विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाइदिनु हुने सोही विद्यालयमा पूर्व शिक्षक हरिहर शर्मा अर्याललाई २४ वर्ष पछि विद्यालयले सम्मान गरेको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....