आन्दोलन होइन संविधान चाहिएको छ – प्रमुख सचेतक श्रेष्ठ
Published Date :- February 8, 2015  On  |

गोरखा ,२५ माघ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले पहल थाल्नु भएकोले छिट्टै राजनितिक गतिरोध अन्त्य भएर संविधान निर्माण हुने बताउनुभएको छ । 
गोरखाको लापु गाविसको भीरकुना स्थित गंगा जमुना प्राबिको बार्षिकउत्सब समारोहको आइतवार उद्घाटन गर्दै प्रमुख सचेतक श्रेष्ठले सहमतिका लागि अझै पनि समय र सम्भावना रहेको दाबी गर्नुभयो । वहाँले भन्नुभयो –“जनतालाई अहिले आन्दोलन होइन ,संविधान चाहिएको छ । सो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य डिल्लीराम तिमल्सीना, क्षेत्र नं. ३ का सभापति नन्दप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....