सामूहिक सरसफाई अभियान शुरु
गोरखा , २५ माघ । सामूहिक सरसफाई अभियान आइतवार देखि गोरखामा शुरु भएको छ । वातावरणमैत्री गोरखाको अभियान ,टोल टोलमा सरसफाई नगरमा उद्यान भन्ने मूल नाराका साथ शुरु भएको सरसफाई अभियानको एक समारोह बीच सरकारका मुख्य सचिव लिलामणी पौडेलले शुभारम्भ गर्नुभयो ।
वागमती सरसफाई अभियानबाट राम्रै चर्चा हासिल गर्नुभएका सरकारका मुख्य सचिव लीलामणी पौडेल लाई आइतवार बिहान मुखमा मास्क र हातमा पन्जा लगाएर गोरखा सदरमुकामको हरमटारी चोकको नाली सफा गरेको देखेर सरसफाई कार्यक्रममा उपस्थित सरकारी कर्मचारी तथा स्थानीयहरु दङ्ग परेका थिए ।
घर अगाडी फोहर थोपारेर नुहाइधुवाइ गर्नुको अर्थ छैन – मुख्य सचिव
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले घर अगाडी फोहर थुपारेर नुहाइ धुवाई गरेर बस्दैमा सुग्घरी बन्न नसकिने बताउंनुभयो । शुभारम्भ कार्यक्रममा बोल्दै वहांले भन्नुभयो –“ तपाई जुन कुनै पेशामा आवद्ध रहनुस् तर सरसफाई अभियान सबैको दायित्व हो । ” मुख्य सचिव संगै हास्य कलाकार राजाराम पौडेल,डा.राजु अधिकारी पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments