दि गुर्खाज गोर्खाली कपको सेमिफाइनलमा
Published Date :- February 2, 2015  On  |

गोरखा ,१९ माघ । गोरखाको हरमटारी खेलमैदानमा जारी गोर्खाली कप फुटवलको सोमवार सम्पन्न खेलमा बालुवा युथ क्लबलाई हराउँदै दि गुर्खाज युनाइटेड पाटेचौर सेमिफाइनलमा प्रवेश गरेको छ । 
बालुवा युथ क्लब संग भएको खेलमा दि गुर्खाज युनाइटेडले ३–० गोलले हराएको हो । यसैगरी सनराइज युथ क्लब तिनकिलो र गोरखकाली युथ क्लब दरबार पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनकामना क्लब मनकामनालाई २–१ गोलले हराउदै सनराइज युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै एभरेष्ट क्लब चितवन र गोरखकाली युथ क्लब दरबार बीच भएको खेल निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ४–२ गोलले गोरखकाली युथ क्लब क्वाटरफाइनलमा पुगेको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....