ससुरालीमा बन्चरो प्रहारबाट श्रीमतीको हत्या
Published Date :- February 2, 2015  On  |

गोरखा ,१९ माघ । गोरखा पालुङटार नगरपालिका वडा नं ४ बड्हरेमा बन्चरो प्रहार गरेर सुक बहादुर भन्ने मेथे नेपालीले आफ्नो श्रीमतिको हत्या गरेका छन ।
तनहुँ पुर्काेट बस्ने ५० वर्षीय मेथे नेपालीले ससुरालीमै पुगेर श्रीमति चन्द्रकुमारी नेपाली माथी बन्चरो प्रहार गरेको स्थानीयवासिन्दाको भनाई छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएक चन्द्र कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा आइतवार नै राती मृत्यु भएको र हत्या गर्ने मेथे नेपालीलाई पनि सोमबार प्रहरीले पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । चन्द्रकुमारी केही समय यता माइतीमा बस्दै आएकी थिइन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....