आगलागीमा परेर छोरी ज्वाँई सहित चारको मृत्यु
धादिङ्ग ,१९ माघ । धादिङ्गको चरौंदीमा एक घरमा आगलागी हुदा जलेर ४ जना मृत्यु भएको छ । धुषा गाउँ विकास समिति वडा नं १ चरौंदीको घुम्ती स्थित किशोरचन्द्र थपलियाको घरमा गएराती आगलागी हुदा किशोर थपलिया सहित उनका ज्वाँइ अनिल जिसी ,छोरी योजना र नातिनी रोजेट जिसी मृत्यु भएको छ ।
आगलागीमा परी गम्भीर घाइते भएकी थपलियाको श्रीमति कर्णकुमारीको उपचार काठमाण्डौंमा भइरहेको छ । रातीको समयमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगलागीका क्रममा घरभित्र रहेको ग्याँसको सिलीण्डर समेत विष्फोट भएको थियो । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ ।

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments