जुवा रोके पछि मेलामै आउन छाडे जुवाडे
गोरखा ,१८ माघ । कुनै बेला खोर्लावेशी जात्राको नामले जुवाको हार र मारको दृष्टिकोणबाट प्रसिद्धी कमाएको गोरखाको तातोपानी मेलामा जुवा निषेध गरिए पछि पहिचान पनि फेरिएको छ । कृषि तथा पर्यटन प्रर्बद्धनका उद्देश्यले स्थानीयको पहलमा गत माघ १६ देखि शुरु भएको तातोपानी मेला आइतवार सकिएको छ ।
यसवर्ष पनि जुवा रोक्न स्थानीय प्रशासनले नेपाल प्रहरीका निरीक्षक रविन्द्र खनाल र सशस्त्र प्रहरीका निरीक्षक सुशीलबावु पन्तको नेतृत्वमा ६३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । तातोपानी मेला यसवर्ष पूरै जुवा मुक्त मेला रुपमा सम्पन्न भएको गोरखाका प्रहरी नायब उपरीक्षक रमेश थापाले दाबी गर्नुभयो । गत वर्ष देखि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेर जुवा निषेध गरेको हो । मेला आयोजना हुन १५ दिन अघि देखि नै जिल्ला प्रहरी कार्यालयले जुवा सञ्चालन गर्ने र खेल्ने दुवै लाई कानुनी कारवाही हुने जानकारी सहित सार्वजनिक सुचना जारी गरेको थियो । विगतमा उल्लेख्य सहभागीता रहने तातोपानी मेलामा जुवा रोकिए खेल्न नपाए सहभागीको संख्यामा कमी आएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भनाई छ । मेलामा कलाकारहरुको प्रस्तुती ,जातजातिका विभिन्न झाँकी प्रर्दशन ,कृषि प्रर्दशनी ,विविध खेलकुद प्रतियोगिता लगायतका विविध गतिविधि सम्पन्न भएको आयोजकले जनाएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments