लैंगिक हिसां बारे अन्तरक्रिया सम्पन्न
गोरखा ,१८ माघ । ७४ औं सहिद दिवसको सन्दर्भमा आइतवार गोरखामा लैङ्गीक हिसां सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाज र महिला तथा बालबालिका कार्यालय गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले लैङ्गिक हिसां विरुद्ध कानुन भएता पनि कार्यान्वयन पक्ष कमजोर भएको तर्क गरेका छन । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको प्रमुख आतिथ्यता र महिला विकास अधिकृत सीता अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक रमेश थापा ,अधिवक्ता स्थानेश्वर दुवाडी ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,लोकतान्त्रिक गैससका अध्यक्ष रबिकला खनाल ,मानवअधिकार तथा शान्ति समाजका सभापति यदु अधिकारी लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments