इजरायलमा भेला सम्पन्न
Published Date :- February 19, 2015  On  |

इजरायल,७ फागुन ।नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्दीय निर्यण अनुसार प्रबासको कुनै पनि देशमा संस्थाको १५ जना सदस्य भएको अबस्थामा शाखा कमिटी निर्माण गरी संस्थाको सामाजीक कामलाई बिस्तार गर्ने क्रममा देश प्रदेशको बिभिन्न क्षेत्रमा गरी हाल सम्म १२८ साधारण सदस्यहरु रहेको यस संस्थाको इजरायलमा मात्र ७५ जना साधारण सदस्य रहनु भएकोछ। 
"मनोरन्जन परोपकार र लगानीको क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान" भन्ने मुल नारालाई आत्मा साथ गर्दै यही फेरबरी १४मा इजरायलको केन्द्रीय बस पार्कको एक हलमा भब्यताका साथ सम्पन्न भयो।प्रतिकुल मौसमका कारणले निर्धारीत समय भन्दा एक घन्टा ढिलो गरी सुरु भएको कार्यक्रम सामुहीक रुपमा नेपाली राष्टीय र संस्थाको गित गाएर भेलाको उदघाटन गरीयको थियो, भने प्रवासको विभिन्न मुलुकमा दुर्घटना या अन्य कारणले ज्यान गुमाउनु हुने नेपाली दाजुभाई तथा दिदिबहीनी प्रती उहांहरुको अात्माको चिर शान्ती निम्ती एक मिनेट मौन धारण गरीएको थियो। त्यस्तै गरी कार्यक्रममा उपस्थीत प्रतिनिधी, अतिथी, पत्रकार र शुभचिन्तकहरुलाई संस्थाकी केन्द्रीय द्धतिय उपाध्यक्ष राजकुमारी श्रेष्ठले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो, भने सरु खनाल लगायत साथीहरुको टीमले स्वागत गित गाएर स्वागत गर्नु भयको थियो। त्यसतै गरी संस्थाको तर्फबाट के• बोर्ड सदस्य जमुना सापकोटा ज्यूले मन्तब्य राख्नु भयको थियो।कार्यक्रममा अतिथीको रुपमा अपस्थीत उज्जलवल भविष्य मिडिया ग्रुप प्रा. लि. अध्यक्ष एंवम् नविन नेपाल डटकम का संस्थापक श्री कृष्ण रायमाझी ज्यूले संस्थाको सफलताको शुभकामना दिदै साधारण सदस्यलाई सम्मान पत्र वितरण गर्नु भएको थियो भने "हाम्रो पँहुच" नामक सामाजिक सस्थाका संस्थापक अध्यक्ष श्री अमिर बन्जरा ज्यूले नमस्ते नेपालले बिगत देखी गरेको कामको प्रशंसा गर्दै संस्थालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने अतिथीका रुपमा महिला, बालवालीका तथा समाज कल्याण मन्त्रलयका प्रतिनिधी द्धय खिमराज भुषाल र नमुना भुषाल, सत्य साई केन्द्रकी अध्यक्ष नेहा गुरुड्ग, युवा समाजसेवी तथा पत्रकार कृष्ण भण्डारीको पनी उपस्थीत रहेको थियो। उक्त भेलाका सभापति एंवम् के• अध्यक्ष रामशरण बानियां द्धारा निर्विरोध निर्वाचित १३ सदस्य इजरायल शाखाको घोषाणा गर्दै संस्थाको लक्ष्य र उदेशय माथी प्रकाश पार्नु भएको थियो। नव निर्वाचित सरु खनालको नेतृत्वमा इजरायल शाखा कमिटीमा क्रमस: उपाध्यक्ष लिलानाथ सापकोटा, सचिव माया खनाल, सहसचिव कविता वगाले, कोषाध्यक्ष सिनधु पौडेल सदस्यहरु सोम प्रसाद चौलागाई, भिम प्रसाद अधिकारी, सृजना अधिकारी, रुपा राउत, रन्जना मैनाली, माया राना मगर, भरत दंगाल र लक्ष्मी बहादूर श्रेष्ठ साथै सोही कार्यक्रममा संस्थाको सामाजीक काम प्रती प्रभावित भई श्रीमती ज्योति गुरुड्ग (नवलपरासी) इजरायलमा लामो समय देखी व्यावसायीक रुपमा रहनु हुने मणी कडेल (धादीड्ग) र रोजगारको सिलसिलामा इजरायलमा रही सामाजीक कार्यक्रताको रुपमा परीचीत कृष्ण रायमाझी ज्यूको धर्म पत्नी सर्मिला (मैया) रायमाझी (भोजपुर) ज्युले साधारण सदस्य लिई सामाजिक काममा प्रवेश गर्नु भयको छ भने शाखाका नवनिर्वाचित सदस्य भिम प्रसाद अधिकारी ज्युले आफ्नो स्व• छोराको स्मृतीमा इजरायल रहुनजेल परोपकारी कोषमा मासीक २००/- सेकल प्रदान गर्ने घोषणा गर्नु भएकोछ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....