जीर्णाेद्धारको पखाईमा ऐतिहासिक विशेश्वर महादेव मन्दिर
गो्रखा ,५ फागुन । गोरखाको मिरकोटमा रहेको कलात्मक शैलीका ५ वर्ष पुरानो विशेश्वर महादेव मन्दिर संरक्षणको अवस्थामा जीर्ण बनेको छ । गोरखा मिरकोट गाविस वडा नं ३ लाजिकोट स्थित विशेश्वर महादेवको सो मन्दिर विं.स.१६१६ ताका रामशाहका पालामा त्यहाका स्थानीय महन्त तिल विक्रम गिरीले बनाएको शिलालेखमा उल्लेख छ ।
संरक्षणको अभावमा जीर्ण बनेर ढल्नै लागेको विश्वेश्वर महादेव मन्दिर भित्र पुजा गर्न समेत ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको मन्दिरका पुजारीको भनाई छ । अहिले सम्म पनि सो मन्दिर विशेश्वर महादेव धार्मिक महन्तका निजि गुठी अन्र्तगत नै रहेको छ । मन्दिर रहेको सो धार्मिक गुठीको स्वामित्वमा ढेड सय रोपनी खेत ,ढेडसय रोपनी पाखाबारी र सात हेक्टर धार्मिक बन रहेको छ । निजि गोठी भए पनि ऐतिहासिक तथा कलात्मक सो मन्दिर अन्र्तगत रहेको वन संरक्षण गर्न स्थानीय वासिन्दाहरुले विशेश्वर महादेव धार्मिक वन संरक्षण समिति समेत गठन गरेको छन । ऐतिहासिक महत्वकै झण्डै जिल्लाकै पुरानो मन्दिरका रुपमा रहेको यो महादेव मन्दिर संरक्षण गर्न सकेका इतिहास अध्ययन गर्नेहरु लागि समेत यो एउटा गन्तव्य बन्न सक्ने विश्वेश्वर महादेव बन संरक्षण समितिले जनाएको छ । ऐतिहासिक तथा धार्मिक महत्वका गोरखा मिरकोटमा अवस्थित विशेश्वर महादेव मन्दिर टुप्पामा सुनको जलप भएको पित्तलको गजुर रहेको छ ।,ढुङ्गा ,काठ र माटोबाट बनेको यस मन्दिरका कलात्मक आकृतिहरु कुदिएको टुडालहहरु देख्न सकिन्छ । यसबाहेक मन्दिर बाहिर प्रांगणमा देवदेवताका ढुङ्गाबाट बनेका शिलाहरु र ऐतिहास संग सम्वन्धित शिलालेखहरु रहेका छन । मन्दिर भित्र त्रिशुल , विभिन्न धातुबाट बनेको पुजामा प्रयोग हुने भाडा कुरा राखिएको छ । मन्दिरको भित्ताका माटाहरु मुसाले प्वाल बनाएर खोतलेको कारण मन्दिर केही ढल्किसकेको छ भने काठ र टुडालहरु समेत धमिराले खाइसकेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments