दुर्घटनामा एकको मृत्यु
Published Date :- February 19, 2015  On  |

गोरखाको देउराली गाविस–९ स्थित भट्टबेंसीबाट धुवाँकोटको शेराबेंसी जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।बिहिबार बिहान ग१त १११३ नंको ट्र्याक्टर सडकबाट भालुखोलामा खसेपछि चालक प्रभु अधिकारीको घटनास्थमै मृत्यु भएको हो । ट्र्याक्टर सडकबाट करिब ५० मि तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।चालक अधिकारीले ट्र्याक्टरको टेलरबिना अगाडिको भाग मात्रै लिएर शेराबेंसी जाँदै थिए । शव परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....