कृषिका प्रमुख सहित सबै भ्रमण गए पछि...........
Published Date :- February 19, 2015  On  |

गोरखा,६ फागुन । कृषि विकास कार्यालय गोरखाका प्रमुख सहित सबै जसो कर्मचारी भ्रमण हिडे पछि सेवाग्राही मर्कामा परेका छन । कार्यालय प्रमुख तिर्थ कुमार श्रेष्ठ सहित ५ अधिकृत र अन्य फांटवाला कर्मचारी समेत गरेर ९ कर्मचारी रहेकोमा कार्यालय प्रमुख तीर्थकुमार श्रेष्ठ सहित ५ अधिकृत र अन्य कर्मचारीहरु सोमबार देखि प्राविधिक भ्रमणमा इलाम गएका हुन । एक प्राविधिक सहायक ,एक कम्युटर अप्रेटर र २ कार्यालय सहयोगीलाई जिम्मा लागएर अरु सबै ४ दिने भ्रमणमा निस्कीएको कार्यलय कुरेर बसेका कर्मचारीहरु बताउंछन । गाउंमा रहेको ६ वटा कृषि सेवा केन्द्र मध्ये ३ वटा केन्द्रका प्राविधिक सहायक समेत भ्रमणमा गएका छन भने कार्यलयको नेतृत्व गर्ने जिम्मा ताङलीचोक कृषि सेवा केन्द्रका प्राविधिक सहायक विजयराज पौडेललाई दिएको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....