गोरखाको वारपाकमा लाटोकोसेरो उत्सव
Published Date :- February 21, 2015  On  |

गोरखा ,९ फागुन । पर्यटकीय गाउँका रुपमा परिचित गोरखाको वारपाकमा लाटोकोसेरो तथा हुचील उत्सवको आयोजना हुने भएको छ । किसानको साथीको रुपमा चिनिने तर संरक्षणका हिसाबले ओझेलमा परेका लाटोकोसेरोको संरक्षणका लागि फागनु २२ र २३ गते उक्त उत्सवको आयोजना गर्न लागेको हो । अन्तरािष्ट्रय लाटोकासेरो महोत्सवको अवसर पारेर आयोजना गर्न लागेको उक्त उत्सव लाई नेपाल लाटोकोसेरा तथा हुचिल उत्सव २०७१ नाम दिइएको छ । 
चरा अवलोकन , चित्रकला प्रर्दशनी ,पशु विज्ञान विभाग संग रहेको छाला र अस्थीपन्जरमा कपास भरेर तयार गरेको लाटोकोसेरा, लाटोकोसेरा संरक्षण सम्वन्धी विभिन्न सामाग्री,लाटोकोसेराको रोबर्टको प्रर्दशन उत्सवका मुख्य आर्कषण रहने आयोजक संस्था प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । त्यस्तै उत्सवमा नै प्रकृति संरक्षणमा योगदान गरेवापत भारतीय बैज्ञानिक अबरार अहमत ,चराबिद धनबहादुर चौधरी ,प्राध्यापक करन बहादुर शाह र पत्रकार इश्वर कुमार जोशीलाई नगद २५ हजार सहित ताम्रपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ । लाटोकोसेरा ३१ ग्राम देखि झण्डै ५ किलो तौलको राती तथा बिहान सक्रिय हुने र शिकार खेल्ने चरा हो । विश्वका २ सय २५ प्रजाति मध्ये नेपालमा २१ प्रजातिका लाटोकोसेरा पाइने पनि लाटोकोसेर उत्सवका आयोजक संस्था प्रकृतिका साथीले जनाएको छ । प्रकृतिका साथीहरु नामक संस्थाले विगत ४ वर्ष देखि आयोजना गर्न थालेको लाटोकोसेरो उत्सव धादिङ्ग ,चितवन ,नवलपरासी लगायतका जिल्लामा यसअघि नै आयोजना गरिसकेको छ । लाटोकोसेरो उत्सव नेपाल बाहेक अमेरिका र इटलीमा पनि आयोजना हुने गर्दछ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....