पृथ्वीनारायण खानेपानीको साधारणसभा
Published Date :- February 21, 2015  On  |

गोरखा,९ फागुन । पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गोरखाको छैटौं साधारणसभा आज सम्पन्न भएको छ ।
साना शहरी खानेपानी महासंघका महासचिव चन्द्रकृष्ण कर्माचार्यको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष बद्री बहादुर मास्केको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा जिल्ला न्यायधिश प्रकाश कुमार काफ्ले ,एमालेका उपसचिव यादव बस्नेत , एकीकृत माओवादीका ज्ञानेन्द्र कुमाल ,नेकपा माओवादीका सहसचिव नारायण अधिकारी ,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्य , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ , गोरखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष जीवनज्योति श्रेष्ठ , नगरसुधार समितिका अध्यक्ष मोहनलाल श्रेष्ठ , सल्लाहकार धिरजबहादुर मास्के लगायतले बोल्नुभएको थियो । साधारणसभामा सचिव भाइचन्द्र श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....