नवदुर्गाका महिलाले थाले सरसफाई तथा प्लाष्टिक मुक्त अभियान
गोरखा ,१० माघ । गोरखाको पाटेचौर स्थित नवदुर्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले घर ,टोल हुदै वडा सरसफाई अभियान शुरु गरेको छ । कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाको सहयोग बिना नै सो संस्थाका सदस्य वचत गरेको पैसाको केही अंश खर्चेर सरसफाईका साथै प्लाष्टिक मुक्त अभियान शुरु गरेको हो ।
प्लाष्टिक मुक्त अभियान अन्र्तगत नवदुर्गा वचत तथा ऋण सहकारी संस्थाले गोरखा नगरपालिका वडा नं ३ का अन्र्तगतका विभिन्न समूह तथा संस्था सहित आ आफ्ना सदस्यहरु लाई रुख रोपौं हरियाली बढाऔं ,गाउँ शहर सफा राखौं वातावरण स्वच्छ बनाउ भन्ने नारा अङ्कित कपडाको झोला समेत वितरण गरेको छ ।गोरखाको बोसेपानीमा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्राथापामगरको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको सरसफाई तथा झोला वितरण कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति राजनराज पन्त , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,जिल्ला विकास समितिका पार्वती पाठक , गोरखा उद्योग वाणिज्य संघका सदस्य देबु मास्के ,अन्तरपार्टी महिला सञ्जालका बिना श्रेष्ठ ,महिला उद्यमी विकास समितिका सचिव रिता रेग्मी लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments