गोरखा नगरपालिकाका कार्यकारी अधिकृत लाई धम्की
Published Date :- February 3, 2015  On  |

गोरखा ,२० माघ । गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापामगर लाई युवा संघ नेपाल गोरखाका अध्यक्ष वसन्त गुरुङ्गले जिल्लाबाट लेखेटने धम्की दिएका छन । 
गोरखाको नगरपालिका बाट प्रदान गर्ने सेवामा ढिलासुस्ती भएको भन्दै ज्ञापन पत्र बुझाउन कार्यालय पुगेको टोलीका नेतृत्वकर्ता युवा संघ गोरखाका अध्यक्ष वसन्त गुरुङ्गले सोमवार ज्ञापन पत्र बुझाउँदै अव पनि नसच्चिएमा कालो मोसो दलेर गोरखाबाट लखेटने धम्की दिएको गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापामगरको भनाई छ । 
 तर युवा संघ गोरखाका अध्यक्ष वसन्त गुरुङ्गले भने नगरपालिकामा भइरहेको कमी कमजोरीको विषयमा ज्ञापन पत्र बुझाउने क्रममा कार्यकारी अधिकृत थापा लाई धम्काएको नभई सेवा सुधार गर्दै सच्चिनका लागि सचेत मात्र गराएको दाबी गरेका छन । युवा संघले बुझाएको पत्रमा गोरखा नगरपालिकाका कर्मचारीले कार्यालयको काम बेगर पनि सवारी साधनको दुरुपयोग भएको , सेवाग्राही काम पनि वेवास्ता गर्ने गरेको लगायतको आरोप उल्लेख छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....