आङ खस्ने स्वास्थ्य समस्या बारे गोष्ठी
Published Date :- February 3, 2015  On  |

गोरखा ,२० माघ । स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि नसर्ने रोग , आङखस्ने समस्या तथा स्वास्थ्य व्यवस्था समितिको कर्तव्य विषयक एक दिने गोष्ठी मंगलवार गोरखामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र तुलसी मेहेर युनेस्को क्लब गोरखाको समन्वय तथा स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण लागि जिल्ला सञ्जाल गोरखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सञ्जालका संयोजक जनकलाल श्रेष्ठको सभापत्विमा भएको सो गोष्ठीमा जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारी ,तुलसी मेहेर युनेस्को क्लबका अध्यक्ष धिरज बहादुर मास्के , स्वास्थ्यकर्मी र विभिन्न स्वास्थ्य तथा उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....