आयोजक सहित ३ टिम सेमिफाइनलमा
गोरखा,२० माघ । गोरखामा जारी गोर्खाली कप फुटवलको मंगलवार सम्पन्न खेलबाट आयोजक क्लब हरमटारी सहित ३ वटा टिम सेमिफाइलनमा प्रवेश गरेको छ ।
नेपाली सेनाका भैरबी दल गण , गोरखकाली युथ क्लब र आयोजक हरमटारी क्लब सेमिफाइनलमा पुगेका हो । सेनाको भैरबी दल गणले स्वयम्बु क्लब काठमाण्डौ लाई ३–१ हराएको हो । त्यस्तै थालाजुङ्ग युनाइटेड क्लब र गोरखकाली युथ क्लब बिच भएको दोस्रो खेलमा १–० गोलले गोरखकाली युथ क्लब बिजयी भएको हो । यसैगरी आयोजक हरमटारी क्लब र सनराइज युथ क्लब बिच भएको खेलमा १–० गोल अन्तरले हराउंदै आयोजक हरमटारी क्लब सेमिफाइनमा पुगेको छ । दि गुर्खाज युनाइटेड क्लब पाटेचौर यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments