इलाका योजना तर्जुमा गोष्ठी सम्पन्न
Published Date :- February 4, 2015  On  |

गोरखा,२१ माघ । गोरखा इलाका नं १ को योजना तर्जुमा गोष्ठी बुधवार सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको प्रमुख आतिथ्यता र गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापामगरको अध्यक्षतामा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा इलाका नं १ का अन्र्तगतका प्रस्तावित योजनाहरु गोरखा नगरपालिकाका रामकुमार श्रेष्ठले पेश गर्नुभएको थियो । गोष्ठीमा जिल्लास्तरीय ,नगरस्तरीय र वडास्तरीय राजनितिक परामर्श समितिका सदस्य ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागीता रहेको थियो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....