दि गुर्खाज र गोरखकाली उपाधिका लागि भिड्दै
गोरखा,२१ माघ । गोरखाका दि गुर्खाज युनाइटेड र गोरखकाली युथ क्लब गोर्खाली कप फुटबलको फाइनलमा पुगेको छ ।गोरखकाली युथ क्लब दरबार र हरमटारी क्लब बीच भएको बुधवारको खेल निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ४–३ गोल अन्तरले गोरखकाली युथ क्लब बिजयी भएको हो ।
त्यस्तै सेनाका भैरबी दल गण गोरखा र दि गुर्खाज युनाइटेड पाटेचौर बीच भएको खेलमा १–० गोलले हराउंदै दि गुर्खाज युनाइटेड पाटेचौर फाइनलमा पुगेको छ ।
उपाधिका लागि दि गुर्खाज युनाइटेड र गोरखकाली क्लब बीच हरमटारी खेलमैदानमा बिहीबार फाइनल खेल हुदैछ । हरमटारी क्लबले आयोजना गरेको दोस्रो गोर्खाली कप फुबटलको उपाधि जित्ने टिमले १ लाख नगद सहित आर्कषक शिल्ड हात पार्नेछ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments