रुख रोपौं पृथ्वी बचाऊ अभियान शुरु
Published Date :- February 4, 2015  On  |

काठमाण्डौं ,२१ माघ । गान्धी इन्टरनेशनल मिसन नेपालले रुख रोपौं पृथ्वी बचाऊ भन्ने अभियान शुरु गरेको छ । राष्ट्रपति डा.रामवरण यादवको जन्मदिनको अवसरमा पारेर सो संस्थाले अभियानको थालेको हो।

गान्धी इन्टरनेशनल मिसन नेपालले संस्थापक अध्यक्ष शुसील जगनानी अग्रवालले शितलनिवासमा एक विशेष कार्यक्रम बीच राष्ट्रपति डा.रामबरण यादवलाई ५ वटा बिरुवा हस्तान्तरण गरेर रुख रोपौं ,पृथ्वी बचाऊ अभियान प्रारम्भको घोषणा गर्नुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....