ट्याक्टरले किचेर मृत्यु
Published Date :- February 4, 2015  On  |

गोरखा ,२१ माघ । गोरखा नगरपालिका वडा नं ८ स्थित दलभन्जाङ्गमा बुधवार सांझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीबजारबाट गोरखा तर्फ आउंदै गरेको ग.१.त.३४१२ नम्वरको ट्याक्टरले किचेर पैदलयात्रु गोरखा नगरपालिका वडा नं ७ बस्ने वर्ष ४६ का मंगल बहादुर रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार छ भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....