धुमधाम संग लाप्राकीले गराए मकैको विवाह
रेनु श्रेष्ठ (गोरखा ,२१ माघ) । अघि अघि झ्याई झ्याई बाजागाजा । डोली सहित जन्तीका लस्कर अनि भोजभतेर । यो वातावरण जुन कुनै विवाहका लागि नौलो भने होइन । तर गोरखाको लाप्राकमा यसरी नै बुधवार बाली मध्ये एक मकैको विवाह सम्पन्न भएको छ । गोरखाको दुर्गम गाविस लाप्राकका स्थानीय वासिन्दाले धुमधाम संग मकैको विवाह गरिदिएका छन । स्थानीय ठूलोआँगन बाट एकजना मानिसलाई बेहुला बनाएर डोलीमा लिएर बाजागाजा सहित गएका जन्तीले मकै ल्याएर विवाह विधि पूरा गरे संगै गाउँलेहरु भेला भएर भोज खाए पछि विवाह समारोह सकिएको थियो ।सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....


0 comments